नेपाल पाकिस्तान फेन्डसिप क्रिकेट सम्पन्न

काठमाडौं (खेलदैनिक) । पाकिस्तान दुतावासले आयोजना गरेको नेपाल पाकिस्तान फ्रेन्डसिप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको छैटौं संस्करण आइतबार सम्पन्न भएको छ ।

धुम्बाराहीस्थित पाकिस्तान दुताबासको मैदानमा भएको प्रतियोगितामा कुल १२ टोलीको सहभागीता रहेको थियो । सहभागी टोलीलाई ४ समूहमा विभाजन गरि लिग कप नकआउटका आधारमा प्रतियोगिता संंचालन गरिएको थियो ।

छैटौं संस्करणको प्रतियोगिताको उपाधि ग्रेट हिमालय क्रिकेट एकेडेमीले जितेको छ । शनिबार भएको फाइनलमा ग्रेट हिमालय क्रिकेटले एन्जल्स हार्ट एकेडेमीलाई १०७ रनले पराजित गरेको थियो । विजेता र उपविजेता टोलीलाई राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्रले पुरस्कृत गरेका थिए ।

कार्यक्रमको समापन नेपालका लागि पाकिस्तान राजदूत शैयद हैदर शाले गरेका थिए । समापन कार्यक्रममा मुख्य अतिथि युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, अतिथीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल रहेका थिए ।

खेल समापनमा बोल्दै राजदूत हैदरले आगामी दिनमा यस्ता प्रतियोगिता संचालन गरिरहने बताए । दुई देशबीच आपसी सद्भाव र मैत्रीपूर्ण सम्बन्धका लागि हरेक वर्ष यस प्रतियोगिता हुँदै आईरहेको छ ।

समापन अवसरमा दुतावासले सहभागी टोली, अफिसियल लगायतालाई करिब २० हजार बराबरको उपहार बाडेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...