पिएसएलको महँगो ड्राफ्टमा सन्दिप

काठमाडौं (खेलदैनिक) । पाकिस्तान प्रिमियर लिग (पिएसएल) अन्तर्राष्ट्रिय टि–२० प्रतियोगिता २०२१ का लागि नेपालका स्टार लेगस्पीनर सन्दिप लामिछाने पनि ड्राफ्टमा परेका छन् ।

आयोजक पाकिस्तान सुपर लिगले सार्वजनिक गरेको ड्राफ्टतर्फ महँगो ड्राफ्ट मानिएको प्लाटिन श्रेणीमा छन् । रिपोर्टअनुसार पिएसएलको प्लाटिनम श्रेणीमा खेलाडीहरुको न्युनतम मूल्य १ लाख ४७ हजार डलर रहेको बताइएको छ । सन्दिप । जहाँ उनीसँगै विश्व क्रिकेटका २५ स्टार खेलाडीहरुको नाम पनि सामेल छ ।

जसमा दक्षिण अफ्रिकाका सर्वाधिक सात खेलाडीहरु सामेल छन् । सूचीमा क्रिस गेल, ड्वान ब्राभो, क्रिस लिन, दाविद मालन, क्रिस मोरिस, रशिद खान, डेल स्टीन, इमरान ताहिर जस्ता स्टार खेलाडीहरु सामेल छन् ।

पिएसएलको ड्राफ्ट आउँदो अप्रिल १० तारीखका दिन पाकिस्तानको लाहोर शहरमा हुँदैछ । स्मरण रहोस, सन्दिपले यसअघि सन् २०१९ मा पिएसएलको चौथो संस्करण खेलेका थिए । लाहोर कलन्दर्सका लागि खेलेको सन्दिपले ७ खेलमा ११ विकेट लिएर सर्वाधिक विकेट लिनेको सूचीमा शिर्ष दशमा रहन समेत सफल भएका थिए ।

हेर्नुहोस यस्ता छन् प्लाटिनम श्रेणीमा परेका खेलाडीहरु ।


प्रतिक्रिया दिनुहोस

Loading...