नेपाली क्रिकेट टिमका कप्तान र उपकप्तानसहित चार जनामा कोरोना संक्रमण

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीसहित चार जनामा कोरोना संक्रमण देखिएको छ ।

क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान) का अनुसार मल्ल र ऐरी सहित खेलाडी रोहित कुमार पौडेल र टिम स्टाफ प्रदिप लामाको कोभिड–१९ रिपोर्ट पोजिटिभ आएको हो ।

स्मरण रहोस, क्यानले बुधबारदेखि नै राष्ट्रिय क्रिकेट टोलीको क्लोज क्याम्प शुरु गर्ने बताइसकेको थियो । त्यसका लागि टोलीका खेलाडी्, अफिसियल तथा स्टाफहरु स्वाब परिक्षण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...