धनगढी प्रिमियर लिग (डीपिएल)को खेल तालिका सार्वजनिक

आयोजक धनगढी क्रिकेट एकेडेमीले सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपिएल)को खेल तालिका सार्वजनिक गरेको छ। उद्घाटन खेलमा चैत्र २८ गते ज्ञानेन्द्र मल्लले नेतृत्व गरेको सिवाईसी अत्तरिया र बसन्त रेग्मी नेतृत्वको काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुनेछ।

त्यस्तै, प्रतियोगितामा २८ गते दिउँसो शक्ति गौचन नेतृत्वको रुपेन्देही च्यालेन्जर्स र बिनोद भण्डारी नेतृत्वको कञ्चनपुर आईकोनिक आमने सामने हुनेछन् भने २९ गते बिहान शरद भेषवाकर नेतृत्वको विराटनगर किंग्स र पारस खड्का नेतृत्वको टिम चौहारा धनगढीबीच खेल हुनेछ। प्रतियोगिताको फाईनल बैशाख ९ गते हुनेछ।

एपीवानबाट प्रत्यक्ष प्रशारण

डीपिएलको ब्रोडकास्ट पार्टनरका रुपमा अन्नपुर्ण ब्रोडकाष्ट मिडिया प्रालिको एपीवान टेलिभिजन रहने भएको छ। अन्नपुर्ण ब्रोडकास्ट र धनगढी क्रिकेट एकेडेमीबिच भएको सम्झौताअनुसार एपीवानले डीपिएलका सवै खेलको प्रत्यक्ष प्रशारण गर्नेछ।

प्रतियोगिता अघि चैत्र २७ गते नेपाल ११ र धनगढी ११ बीच च्यारिटी खेल हुनेछ। जसमा नेपाली राष्ट्रिय टिम र धनगढी ११ का खेलाडीहरुको सहभागिता रहने छ। उक्त खेलको टिकटबाट उठेको पैसा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणमा सहयोग गरिने धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए।


प्रतिक्रिया दिनुहोस

Loading...