करोड मुल्यमा सन्दिपले सिपिएल खेल्ने तय

काठमाडौं (खेलदैनिक) । नेपालका युवा स्टार बलर सन्दिप लामिछाने यसै बर्ष हुने क्यारिबियन प्रिमियर लिगतर्फ जमैका तल्लावाहजमा आवद्ध भएका छन् । यो सँगै सन्दिपले तेस्रोपटक सिपिएल खेल्ने पक्का भएको हो ।

सिपिएलका लागि सन्दिपको ड्राफ्ट मुल्य ९० हजार अमेरिकी डलर थियो । जससँगै उनले सिपिएलमा यसपटक १ करोड ८ लाख रुपैयाँ पाउने तय भएको छ ।

सन्दिपको टोलीमा यसपटक आन्द्रेल रसेल, कार्लोस ब्राथवेट जस्ता स्टार खेलाडीहरुको सहभागिता छ । सन्दिपले यसअघि सिपिएलमा सेन्ट किट्स एण्ड नेभी तथा बार्बाडोस ट्रिडेन्टसबाट पनि खेलेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...