प्राइम र लरेन्सलाई सफलता

आठौं राष्ट्रव्यापी त्रिवि बीएससी सीएसआईटी कप टी– २० क्रिकेटमा प्राइमका अभिनन्दन खतिवडा (दायाँ) लाई ‘म्यान अफ द म्याच’ ट्रफी प्रदान गरिदै ।

काठमाडौं (खेलदैनिक) । प्राइम कलेज र सेन्ट लरेन्स कलेजले आठौं राष्ट्रव्यापी त्रिवि बीएससी सीएसआईटी कप टी– २० क्रिकेट प्रतियोगितामा आइतबार सफलता पाएका छन् ।

मुलपानी क्रिकेट मैदानमा प्राइमले नेपालयलाई ७ विकेटले पराजित गर्यो । पहिले ब्याटिङ गरेको नेपालयले ११.३ ओभरमा अलआउट हुनुअघि ६२ रनको योगफल खडा गरेको थियो । प्राइमले ११ ओभरमा ३ विवेट क्षतिमा लक्ष्य भेटायो । ४ विकेट लिएका प्राइमका अभिनन्दन खतिवडा ‘म्यान अफ द म्याच’ घोषित भए ।

न्यु समिट कलेजद्वारा आयोजित प्रतियोगितामा सेन्ट लरेन्सले हिमालयन कलेज अफ इन्जिनिएरिङलाई ७९ रनको फराकिलो अन्तरले हरायो । सेन्ट लरेन्सले पूरै २० ओभर खेल्दै १ सय ७४ रन बनाएको थियो । हिमालयन ९५ रन बनाउदै अलआउट भयो । विजेताका किशोर गहतराज ‘म्यान अफ द म्याच’ चुनिए । उनले ४ विकेट हात पारे ।


प्रतिक्रिया दिनुहोस

Loading...