पारसले अस्वस्थताको कारण इमर्जिङ टिम्स एसिया कप क्रिकेट पनि नखेल्ने

फागुन ३० / अस्वस्थताको कारण नेपाली टोलीका कप्तान पारस खड्काले बंगलादेशमा हुने इमर्जिङ टिम्स एसिया कप क्रिकेट पनि गुमाउने भएका छन् । उनले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्याविरुद्धको दुबै खेल खेलेका थिएनन्। 

केही हप्ता अघि मात्र एपेन्डिक्सको शल्यक्रिया गरेका खड्काले आफू त्यसमा नखेल्ने बताएका हुन्। बंगलादेशमा मार्च २५ देखि अप्रिल ४ मा हुने इमर्जिङ टिम्स कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशका अन्डर २३ टीमसहित नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाका राष्ट्रिय टिमले प्रतिश्पर्धा गर्नेछन्।

पारसले खेलाडीको मनोबल बढाउनका लागि मात्रै आफू ड्रेसिङ रूममा बसेको बताउँदै अप्रेसनबाट पूर्ण रुपमा ठीक हुन केही समय लाग्ने र त्यसका लागि हतार नगर्ने बताएका छन्। उनले आफूले आइसीसी क्रिकेट लिग च्याम्पियनसिप र मार्चमा हुने इमर्जिङ टिम्स कप नखेल्ने बताइसकेको जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस

Loading...