नेपाल र केन्याबीच दोस्रो खेल आज

काठमाडौ –विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत सोमबार नेपाल र केन्याबीच दोस्रो खेल हुँदैछ । शनिबार भएको खेलमा केन्याले नेपाललाई ५ विकेटले हराएको हो ।

च्याम्पियनसिपअन्तर्गत नेपालले कीर्तिपुरको घरेलु मैदानमा शनिबार र सोमबार केन्यासँग प्रतिस्पर्धा गर्ने खेलतालिका अनुसार दोस्रो खेलको तयारीमा नेपाल छ ।

पहिलो खेलमा वर्षा बाधक बनेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार  बिहानैदेखि उपत्यकाको मौसम सफा रहनेछ। शनिबार नेपाल र केन्याबीचको खेल वर्षाका कारण तीन पटक प्रभावित भएको थियो। वर्षाका कारण सुरुमा ३८ ओभर खेलाइएको खेलमा फेरि वर्षा बाधक भएपछि नेपालले पुरै ओभर ब्याटिङ गर्न पाएन। यसैका कारण डकवर्थ एन्ड लुइस नियमको आधारमा नेपालको लक्षित योगफल २९ ओभरमा १ सय ४ रनमा खुम्चिएको थियो।

केन्याले ब्याटिङ गरिरहेको बेला फेरि वर्षा बाधक भएपछि ओभर घटाएर केन्याले २६ ओभरमा ९४ रनको लक्ष्य पाएको थियो।


प्रतिक्रिया दिनुहोस

Loading...