बलर करण केसीलाई एपेण्डिक्स, तत्काल अपरेसन गर्नुपर्ने

पेटमा समस्या भयेपछी राष्ट्रिय क्रिकेट टोलीका बलर करण केसी बयोधा अस्पताल भर्ना भएका छन् ।

नेपाली टोलीका टेक्निकल एनालिष्ट रमन सिवाकोटीका अनुसार करणलाई एपेण्डिक्स भएको छ ।

सिवाकोटीले भने, ” करणलाई एपेण्डिक्स भएको छ र तत्काल अपरेसन गर्नुपर्नेछ”।

करणको स्थानमा कसलाई खेलाउने निर्णय भइसकेको छैन ।

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नेपालले भोलि शनिबार केन्याबिरुद्ध कीर्तिपुर मैदानमा एकदिवशीय म्याच खेल्दैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...