नेपाल र केन्याबिचको क्रिकेट खेलको पहिलो म्याचको सम्पूर्ण टिकट विक्री

अन्र्तराष्टिय क्रिकेट परिषद (क्ष्ऋऋ) विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्र्तगत नेपालको कीर्तिपुर स्थित टी.यु क्रिकेट मैदानमा फागुन २८ गते शनिबार हुने पहिलो म्याचको सम्पूर्णं टिकट विक्री भएका छन्।
टिकट विक्री तथा व्यवस्थापन गरेको इसेवा फोन पे. प्रा.लिका अनुसार ११ हजार दुई सय टिकट विक्री भएका छन्। इसेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले भन्नुभयो“ हामीलाई आइसीसीले टिकट विक्री रोक्न आग्रह गरेअनुसार टिकट विक्री रोकेका छौँ ” । सोमबार हुने दोस्रो म्याचको पनि सिमित टिकट बाँकी रहेको इसेवाले जनाएको छ ।

टिकटको मूल्य प्रति म्याच दुई सय रूपैयाँ तोकेको छ । विगतमा जस्तै यसपटक पनि सम्पूर्ण टिकट अनलाइनबाटै खरिद गर्न सकिने व्यवस्था इसेवाले मिलाएको थियो । पहिलो दिनको टिकट रोकिएपनि दोस्रो म्याचको टिकट विक्री भने खुल्ला रहेको छ ।

सुरक्षाको दृष्टिकोण र टिकट दुरुपयोग नहोस् भन्नका लागि हरेक टिकटमा दर्शकको नाम र सम्पर्क नम्बर अनिवार्य गरिएको छ । मैदानमा प्रवेशका लागि टिकटमा लेखिएको नाम प्रमाणित गर्ने परिचयपत्र अनिवार्य लिएर आउनुपर्नेछ ।

दोस्रो म्याचका टिकटका लागि दर्शकले अनलाइनमार्फत स्वयं आफै वा आपूmलाई पायक पर्ने नजिकैको साईबर, स्टेसनरी, कम्युनिकेशन ९इसेवा जोन, इसेवा पोइन्ट० मा गई अनलाइन टिकट खरिद गर्न सकिने छ । उपत्यकामा मात्र इसेवाका करिब ५ हजार जोन, पोइन्ट रहेका छन्भने नेपालभर २० हजार जोन पोइन्ट रहेका छन्।

गतवर्ष नेपाल र नामिबियाबीच भएको खेलको सम्पूर्ण टिकट इसेवामार्फत नै अनलाइन बिक्री गरिएको थियो । उक्त खेलको सम्पूर्ण टिकट पनि खेल हुने दिनभन्दा एकदिन अगावै बिक्री भइसकेकोथियो । सन् २०१९ को विश्वकप छनोट खेल खेल्नका लागि नेपाल टप फोरमा पुग्नैपर्ने हुन्छ । हालको अंक तालिकामा नेपाल ६ अंक सहित छैठौ स्थानमा रहेको छ भने ८ अंकसहित केन्या पाँचौ स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...