
काठमाडौं (खेलदैनिक) । अन्तर्राष्ट्रिय क्रिकेटमा आक्रमक ब्याट्सम्यानको छवि बनाएका विश्वचर्चित क्यारिबियन क्रिकेटर क्रिस गेलले एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् ।
क्रिकेटिङनेपालका अनुसार गेलले पोखरा राइनोजबाट खेल्ने बताइएको छ । क्लबका मालिकले पनि गेलको सहभागिता रहने बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि पुष्टी गरेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमा अझै पनि सक्रिय ४० बर्षे गेल बिग हिटरका रुपमा पनि परिचित छन् । इपिएलमा यस सिजन खेल्ने अन्तर्राष्ट्रिय खेलाडीहरुमा गेल नै ठूलो नाम रहेको बताइएको छ ।
यसअघि दक्षिणका हसिम अमला, वेस्ट इण्डिजका ड्वायन स्मिथ र श्रीलंकाका उपुल थरंगाले पनि यस सिजन इपिएल खेल्ने पक्का भईसकेको छ ।