हेटौडामा प्रदेश स्तरीय टि–२० क्रिकेट हुँदै

हेटौडा (खेलदैनिक) । हेटौडामा ३ नम्बर प्रदेश स्तरीय छैटौ स्व माधबराज सुमार्गी टि टवान्टी क्रिकेट प्रतियोगीता आयोजना हुने भएको छ । प्रतियोगीतामा ८ वटा टिमले सहभागीता जनाउने पत्रकार सम्मेलनमा जानकारी समेत गराइयो ।

पत्रकार सम्मेलनमा आयोजक मकवानपुर क्रिकेट संघले छैटौ र सातौ प्रतियोगीताको लागी प्रायोजक हेटौडा एकेडेमीसँग २ बर्षे संझौता समेत गरेको छ ।

सम्झौतापत्रमा हेटौडा एकेडेमीको तर्फबाट बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गी र मकवानपुर क्रिकेट संघका अध्यक्ष बाशुलाल श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता हस्ताक्षर तथा प्रतियोगीताको बारेमा जानकारी दिदै आयोजकका अध्यक्ष श्रेष्ठले अबका बर्ष निरन्तर प्रतियोगीता संचालन गरेर अगाडी बढने बताए ।

अध्यक्ष श्रेष्ठका अनुसार प्रतियोगिता आयोजना गर्न यस वर्ष अनुमानित ५ लाख रुपैया खर्च लाग्ने समेत बताए । प्रतियोगीतालाई सफल पार्न प्रायोजकका रुपमा भुमिका खेल्ने हेटौडा एकेडेमी र संघका संस्थापक अध्यक्ष अरुणराज सुमार्गीलाई धन्यबाद दिदै आगामी पौष २६ गतेदेखी छैटौ प्रतियोगीता आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

बाहिरी जिल्लाहरुमा पनि क्रिकेटका प्रतियोगीताहरु भैरहेका कारण यो बर्षको फाईनल खेल माघ ४ वा ५ गते खेलाडीहरुको अनुकुल हुनेगरी समपन्न गर्ने समेत आयोजकले जनाएको छ ।

आगामी २ बर्षको लागी प्रतियोगीता प्रायोजन गर्ने सहमती गर्दै क्यान मकवानपुरका संस्थापक अध्यक्ष एबं हेटौडा एकेडेमीका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुमार्गीले आफनो बुबा स्व. माधबराज सुमार्गीको नाममा यो प्रतियोगीता आयोजना गर्ने अबसर प्रदान गरेकोमा आयोजकलाई धन्यबाद दिए ।

साथै २ बर्षको लागी मात्र संझौता भएपनि २ बर्षपछि फेरी यसलाई निरन्तर आयोजना गर्न आफुहरु तयार रहेको पनि पत्रकार सम्मेलनमा बताए ।

त्यस्तै पत्रकार सम्मेलनमा यो बर्ष २ र ३ नम्बर प्रदेशका ६ जिल्लालाई मात्र समेट्न सफल भएको र आगामी बर्षमा अन्य प्रदेशहरुका जिल्लाहरुलाई पनि समेट्न योजना रहेको आयोजकले जानकारी दिए ।

प्रतियोगीतामा प्रथम हुने टिमले नगद ४० हजार शिल्ड मेडल प्रमाणपत्र प्राप्त गर्नेछन भने दितिय हुने टिमले २० हजार नगत शिल्ड प्रमाणपत्र प्राप्त गर्ने जिल्ला अध्यक्ष श्रेष्ठले बताए ।

प्रतियोगीताको पहिलो खेल आगामी २६ गते बिहान ८ः३० बजे महाबिर क्लब मकवानपुर र मकवानपुर क्रिकेट एकेडेमी बिच हुने आयोजकले बताएको छ ।

प्रतियोगीताको ए समुहमा महाबिर कलब हेटौडा, मकवानपुर क्रिकेट एकेडेमी, मकवानपुर क्रिकेट कलब र कलैया क्रिकेट रहेका छन भने बि समुहमा युनाईटेड क्रिकेट क्लब पर्सा, नुवाकोट क्रिकेट क्लब नुवाकोट, चित्तवन क्रिकेट क्लब चित्तवन र नेक्सस क्रिकेट एकेडेमी रहेका छन् ।

यो बर्षको खेल हेटौडाको हुप्राचौरमा हुनेछ भने दोश्रो बर्षदेखी प्रयोजक हेटौडा एकेडेमी मैदानमा आयोजना हुने संझौतापत्रमा उल्लेख गरीएको छ


प्रतिक्रिया दिनुहोस

Loading...