आइसीसी क्रिकेट विश्वकप लिग टुः नेपालको पहिलो खेल ओमानसँग (खेलतालिकासहित)

काठमाडौं (खेलदैनिक) । आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तरगत ट्राइ सिरिजको पहिलो खेलमा नेपालले ओमानसँग खेल्ने भएको छ । काठमाडौंमा आगामी माघको तेस्रो सातादेखि शुरु हुन गईरहेको सिरिजमा नेपालले ओमान र अमेरिकासँग खेल्नेछ ।

किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिता राउण्ड रोबिन लिगका आधारमा हुनेछ । प्रतियोगिता अन्तरगत नेपालले आफ्नो पहिलो खेल माघ २२ गतेका दिन ओमानसँग खेल्नेछ । त्यस्तै २५ गतेका दिन अमेरिकासँग खेल्नेछ भने भोलीपल्ट २६ गते फेरि ओमानसँग खेल्नेछ । लिग चरणको अन्तिम खेलमा नेपालले माघ २९ गते अमेरिकाको सामना गर्नेछ ।

यस्तो छ खेलतालिकाः

२०७६ माघ २२ गतेः नेपाल विरुद्ध ओमान
२०७६ माघ २३ गतेः ओमान विरुद्ध अमेरिका
२०७६ माघ २५ गतेः नेपाल विरुद्ध अमेरिका
२०७६ माघ २६ गतेः नेपाल विरुद्ध ओमान
२०७६ माघ २८ गतेः अमेरिका विरुद्ध ओमान
२०७६ माघ २९ गतेः नेपाल विरुद्ध अमेरिका


प्रतिक्रिया दिनुहोस

Loading...