मुख्यमन्त्रीले किने खेल्दै गर्दाको आफ्नै तस्विर

पोखरा (खेलदैनिक) । गण्डकी प्रदेशका मुख्य मन्त्रि पृथ्वी सुव्वा गुरुङले आफूले क्रिकेट व्याटिङ गर्दै गरेको फोटो २५ हजारमा किनेका छन ।

गण्डकी प्रदेशका फोटो पत्रकारहरुले पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ प्रदेशको ११ जिल्ला झल्कने गरि फोटो प्रदर्शनी गरेको मध्ये मुख्य मन्त्रि गुरुङले व्याटिङ गर्दै गरेको फोटो समेत समेटिएको थियो । उक्त फोटो पोखराका अग्रज फोटो पत्रकार शुदर्सन रंजितले खिचेका थिए । उनी खेल फोटो पत्रकारका रुपमा परिचित छन ।

हालै पोखरामा सम्पन्न पोखरा प्रिमिएर लिग (पीपीएल) टि–२० क्रिकेट उद्घाटनका अवसरमा मुख्य मन्त्री गुरुङले व्याटिङ गरेका थिए । मुख्य मन्त्री गुरुङ खेलप्रेमी मुख्य मन्त्रीको रुपमा परिचित छन ।

मुख्य मन्त्रीले किनेको उक्त फोटोको सम्पूर्ण रकम गण्डकी फोटो पत्रकार संघलाई सहयोग स्वरुप प्रदान गर्ने घोषणा गरेका छन । नेपाल भ्रमण वर्ष २०२० स्वागत तथा उद्घाटन कार्यक्रमसँगै गण्डकी प्रदेशको सहयोगमा ११ जिल्लाका पर्यटकीय गन्तव्यको बारेमा जानकारी दिने लक्ष्यका साथ फोटो प्रदर्शनमा राखिएको छ ।

पोखरा ६ लेकसाइड स्थित बाराही चोक नजिकै राखिएको उक्त फोटो प्रदर्शनीमा आन्तरिक तथा बाह्य पर्यटकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...