एमएम कप राष्ट्रिय क्रिकेट लिगको खेलतालिका सार्वजनिक

सुनसरी (खेलदैनिक) । मनमोहन स्मृति एकदिवसीय राष्ट्रिय क्रिकेट लिगको खेलतालिका सार्वजनिक गरिएको छ । इनरुवा नगरपालिका, सुनसरी र मनमोहन स्मृति क्रिकेट सेन्टर प्रदेश १ कमिटीको आयोजनामा हुन गईरहेको प्रतियोगिताको उद्घाटन खेल यहि पौष १७ गते प्रदेश १ र प्रदेश ५ बीच हुनेछ ।

यद्यपि उद्घाटन कार्यक्रममा भने आधिकारिक रुपमा पौष १५ गते हुने आयोजकले जनाएको छ । सुनसरी स्थित इनरुवा रंगशालामा हुने प्रतियोगितामा तीन विभागीय टोली, आयोजक र विभिन्न प्रदेशहरुको टोली गरी कुल १२ टोलीहरु ४ समूहमा रहेर प्रतिस्पर्धा गर्नेछन् ।

समूह चरणतर्फ लिगका आधारमा हुने खेल पश्चात् प्रत्येक समूहको शिर्ष टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रत्येक खेल ५०–५० ओभरको हुनेछ । साथै प्रतियोगिताको फाइनल खेल भने यहि आउँदो माघ ४ गते इनरुवा रंगशाला मै हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...