अन्जलीको विश्व किर्तिमानी बलिङमा नेपालको फराकिलो जित

पोखरा (खेलदैनिक) । नेपालकी अन्जली चन्दले कसिलो बलिङ गर्दै ह्याट्रिक सहित ६ विकेट लिएपछि दक्षिण एसियाली खेलकुदको महिला क्रिकेटतर्फ नेपालले माल्दिभ्समाथि १० विकेटको फराकिलो जित हात पारेको छ ।

खेलमा वुमन अफ द म्याच समेत घोषित अन्जलीले २.१ ओभर बलिङ गर्दै एक रन पनि निदई ६ विकेट लिएकी थिईन् । त्यसमा उनको ह्याट्रिक पनि सामेल थियो । साथै अन्तर्राष्ट्रिय टि–२० ह्याट्रिक गर्ने अन्जली पहिलो महिला क्रिकेटर समेत बनिन् ।

त्यति मात्र नभएर अन्जलीले टि–२० क्रिकेटमा उत्कृष्ट स्पेलको विश्व किर्तिमान समेत बनााईन् । अन्जलीले आफ्नो स्पेलमा २.१ ओभर बलिङ गर्दै २ मेडन राखेर कुनै रन नखर्चिएर ६ विकेट लिएकी थिईन् । जुन उत्कृष्ट स्पेलको विश्व किर्तिमान थियो ।

यसअघि यो किर्तिमान मलेसियाकी मास एलिसाको नाममा थियो । एलिसाले ४ ओभरमा १ मेडन राख्दै ३ रन खर्चेर ६ विकेट लिएकी थिईन् ।

माल्दिभ्स विरुद्ध नेपाल हावी

सोमबार टस जित्दै पहिले ब्याटिङ रोजेको माल्दिभ्सले १०.१ ओभरमा १६ रन बनाएर अलआउट भएको थियो । माल्दिभ्सलाई सस्तैमा आउट गर्ने क्रममा अन्जली चन्दले ६ तथा करुणा भण्डारीले २ विकेट हात पारीन् ।

उता जवाफी लक्ष्य पछ्याएको नेपालले पहिलो ओभर कै ५ बलमा बिना कुनै विकेटको क्षति १७ रन बनाएर जित हात पारेको थियो । नेपालका लागि ओपनर काजल श्रेष्ठले नटआउट १३ रन बनाईन् ।

लिग चरणतर्फ नेपालले आफ्नो दोस्रो खेल बुधबार बंगलादेशसँग खेल्नेछ ।

(तस्विर : विकेटनेपाल)


प्रतिक्रिया दिनुहोस

Loading...