स्टार क्रिकेटर सन्दिपले सागमा नखेल्ने

काठमाडौं (खेलदैनिक) । चर्चित नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले घरमै आयोजना हुन गईरहेको दक्षिण एसियाली खेलकुद (साग) मा नखेल्ने भएका छन् ।

सन्दिपका म्यानेजर रमन सिवाकोटीका अनुसार सन्दिपको दुवै आँखामा समस्या देखिएपछि यी युवा लेग स्पीनरले साग गुमाउने भएका हुन् । सन्दिपले तिलगंगा आँखा अस्पतालमा शल्यक्रिया गर्नुपर्ने बताइएको छ ।

अस्पतालका नेत्र चिकित्सकका अनुसार सन्दिपलाई म्योपियाको समस्या देखिएको छ । जसको कारणले गर्दा उनलाई टाढाको वस्तु राम्रोसँग नदेख्ने तथा नजिकको वस्तु निकै चर्को देख्ने समस्या देखा परेको बताइएको छ ।

चिकित्सकका अनुसार सन्दिपलाई २ देखि २ सातासम्म आराम गर्न सुझाइएको छ । उनको शल्यक्रिया पश्चात् पूर्ण फिट हुन र आरा मगर्न १५ देखि २० दिनसम्म लाग्ने समेत बताइएको छ । साथै चिकित्सकहरुले उनको त्यो शल्यक्रिया यथाशक्य छिटो गर्न समेत सुझाएका छन् ।

त्यस्तै रिपोर्टअनुसार साग खेल्ने पुरुष क्रिकेट टोलीमा अब सन्दिपको स्थानमा रोहित कुमार पौडेलले खेल्ने समेत बताइएको छ । स्मरणीय छ, यहि मंसिर १५ गतेदेखि नेपालले आयोजना गर्न गईरहेको दक्षिण एसियाली खेलकुदतर्फ क्रिकेटको पुरुष स्पर्धातर्फ नेपालसहित बंगलादेश, माल्दिभ्स, भुटान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...