२२ फागुन । केन्याको क्रिकेट टोली बिहीबार काठमाडौं आउने भएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपालसँगको खेलका लागि
केन्याको टोली अहिले भारत भ्रमणमा अभ्यास खेल खेलिरहेको छ । शनिबार भएको खेलमा केन्याली टोली बरुडा यू-२३ टोलीसँग पराजित भएको छ । सोमबार अर्को अभ्यास खेल खेल्नेछ र टोली बिहीबार काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
नेपाल र केन्याको खेल आगामी शनिबार र सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।