१३औं सागको क्रिकेटमा दुई हस्ती भारत र पाकिस्तानले नखेल्ने

काठमाडौं (खेलदैनिक) । आगामी महिना नेपालले आयोजना गर्न गईरहेको १३औं दक्षिण एसियाली खेलकुद (साग) को क्रिकेटतर्फ दुई परस्पर प्रतिद्वन्द्वी भारत र पाकिस्तानले नखेल्ने भएका छन् ।

सागको क्रिकेट विधातर्फ टेष्ट मान्यता प्राप्त राष्ट्रले आफ्नो यु–२३ क्रिकेट टोलीलाई मैदानमा उतार्नु पर्ने प्रावधान थियो । यद्यपि, राखेपले सार्वजनिक गरेको सागको खेल तथ्यांक अनुसार क्रिकेटमा भारत र पाकिस्तानले सहभागिता नजनाउने भएका हुन् ।

अब प्रतियोगितामा आयोजक नेपालसहित, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटानले मात्र सहभागिता जनाउने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...