केन्याविरुद्ध खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा

२२ फागुन । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्याविरुद्धको खेलका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । पारस खड्काको कप्तानीमा रहेको टोलीमा सुनिल धमला र दिपेन्द्र सिंह ऐरी नयाँ अनुहार छन् ।

भारत भ्रमणका क्रममा ओपनिङका लागि धमलासँगै आशिफ शेख र दिलिप नाथलाई विकल्पमा राखिएको थियो । दिलिप नाथलाई बैकल्पिकको सूचीमा राखिएको छ भने आशिफ टोलीबाटै बाहिरिएका छन् । यस्तै अलराउण्डर मेहबुब आलमले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।

नेपाली टोलीको उपकप्तान ज्ञानेन्द्र मल्ल छन् । शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सन्दिप लामिछाने, आरिफ शेख टोलीमा छन् । राजेश पुलामी, अभिनाश कर्ण, भुवन कार्की र दिलप नाथ भने बैकल्पिकमा परेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...