द हन्ड्रेडमा सन्दिप करोडौं मुल्यमा अनुबन्धित

काठमाडौं (खेलदैनिक) । नेपाली क्रिकेट टोलीका उदयीमान लेग स्पीनर सन्दिप लामिछाने आगामी बर्ष देखि शुरु हुन गईरहेको १०० बलको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता द हन्ड्रेडमा करोडौं मूल्यमा अनुबन्धित भएका छन् ।

सन्दिपलाई ओभल इन्भिन्सिवल्सले एक लाख पाउण्डमा खरिद गरेको हो । जसको नेपाली मूल्य १ करोड ४७ लाख भन्दा बढी हुन आउँछ । प्रतियोगितामा एक टिमले तीन विदेशी खेलाडीहरुलाई अनुबन्ध गर्न पाउने प्रावधान छ ।

सन्दिपको टोलीमा उनीवाहेक अन्य दुई विदेशी खेलाडी वेस्ट इण्डिजका सुनिल नारिन र फावियन एलेन रहेका छन् । त्यसबाहेक टोलीमा साम कुर्रान, जेसन रोय, टम कुर्रान जस्ता चर्चित इङलिस क्रिकेटरहरु पनि छन् ।

इङल्याण्ड र वेल्स क्रिकेट बोर्डको संयुक्त आयोजनामा हुने प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाउने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...