पूर्व इङलिस कप्तान तथा अलराउण्डर फ्लिन्टफ नेपालमा

काठमाडौं (खेलदैनिक) । चर्चित अलराउण्डर तथा इङल्याण्ड क्रिकेट टोलीका पूर्व कप्तान एन्ड्रियु प्mिलन्टफ हाल नेपालमा रमाईरहेका छन् । उनको नेपालको आगमनबारे सिम्रिक एयरले आफ्नो आधिकारिक फेसबुक पेजमा स्टाटस पोष्ट गर्दै पुष्टी गरेको छ ।

इङल्याण्डका लागि ७९ टेष्ट म्याच र १४१ एकदिवसीय म्याच खेलेका ४१ बर्षिय फ्लिन्टफ व्यक्तिगत भ्रमणको सिलसिलामा नेपाल आएको बुझिएको छ । उनीसँगै उनको एक टिम पनि रहेको सिम्रिक एयरले पोष्टमा जनाएको छ ।

लोमाङथाङदेखि काठमाडौंसम्म सिम्रिक एयरको हेलिकप्टरमा यात्रा गरेको भन्दै सिम्रिक एयरले फ्लिन्टफ र उनको टिमलाई धन्यवाद समेत दिएको छ । सिम्रिक एयरका अनुसार त्यो तस्विर हेलिकप्टरका कप्तान सुरेन्द्र पौडेलले जोमसोम एयरपोर्टमा लिएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...