अन्तर्राष्ट्रिय आमन्त्रण क्रिकेट खेल्न जीएचसीए क्रिकेट टोली युएई प्रस्थान

दुबइ जाने जीएचसीए क्रिकेट टोली बिदाइपछि सामूहिक तस्वीर खिचाउदै ।

काठमाडौं (खेलदैनिक) । वाईटीसीए आमन्त्रण कप क्रिकेट प्रतियोगितामा सहभागी हुन वाइ वाइ ग्रेट हिमालय क्रिकेट एकेडेमीको टोली सोमबार युएइको अज्मान प्रस्थान गरेको छ । १३ खेलाडीसहित १६ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव राजेशकुमार गुरुङले सोमबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

खेलाडीहरुमा डिकेन्द्र शाह, अमित ढकाल, पियुशकुमार झा, विकेश श्रेष्ठ, अनुरोध पन्त, सन्देश पंगेनी, रोशन दवाडी, प्रतीक ढुंगाना, आदित्य कपुरी, विराज शर्मा, राजु भुसाल, सचिन घिमिरे र अनुभव कार्की रहेका छन् ।

प्रशिक्षकमा एकेडेमीका अध्यक्ष सुदिप शर्मा, व्यवस्थापकमा सुमनराज कार्की र सहायक व्यवस्थापकमा नरेश केसी छन् । अगष्ट २६ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा नेपाली टोलीले युएइको यङ ट्यालेन्ट्स क्रिकेट एकेडेमी, एमएस धोनी क्रिकेट एकेडेमी, भिक्टिोरियो क्रिकेट एकेडेमी र किङ्स क्रिकेट एकेडेमीसंग खेल्नेछ । १७ वर्षमुनिका खेलाडीहरु सहभागी हुने प्रतियोगिता ३० ओभरको हुने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...