सन्दिपले पाए अमेरिकी भिषा, ट्वीटरबाट गरे पुष्टी

काठमाडौं (खेलदैनिक) । अमेरिकी दुतावासले नेपालका राष्ट्रिय क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकाको भिषा दिएको छ । आउँदो सेप्टेम्बरदेखि क्यारिबियन प्रिमियर लिग (सिपिएल) खेल्ने तयारीमा रहेका सन्दिपले सबै कागजपत्र र प्रक्रिया पुराएर भिषाका लागि दुतावासमा आवेदन दिएका थिए ।

यद्यपि उनको भिषा आवेदनलाई दुतावासले अस्वीकृत गरिदिएको थियो । त्यसपछि सन्दिपले आफ्नो ट्वीटर अकाउन्टमा यसबारे स्टाटस लेख्दै आफ्नो असन्तुष्टी पोखेका थिए । सन्दिपको त्यो स्टाटस सार्वजनिक भएसँगै अमेरिकी दुतावासमाथि कुटनितीक र समर्थकको पनि दबाब पर्न थालेको थियो ।

त्यसपछि दुतावासले सन्दिपलाई बोलाएर भिषा दिएको थियो । स्मरणीय छ, सन्दिप यसपटकको सिपिएलमा बर्बाडोस ट्रिडेन्टबाट खेल्दैछन् । साथै बर्बाडोस पुग्नलाई अमेरिका कै बाटो भएर जानु पर्ने हुन्छ । खबरअनुसार आयोजकले यसपटक सिपिएलका खेलहरु अमेरिकामा गर्ने योजना पनि बनाइरहेको बताइएको छ ।

भिषा प्रक्रिया सुल्झिएपछि सन्दिपले अर्को ट्वीट गर्दै आफूले अमेरिकाको भिषा पाएको पुष्टी गरेका छन् । साथै उनले अमेरिकी दुतावासलाई धन्यवाद समेत दिएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...