१८ फागुन/ आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्र्तगत कीर्तिपुर स्थित टी.यु क्रिकेट मैदानमा यहि फागुन २८ र ३० गते नेपाल र केन्याबीच हुने खेलकोे टिकट विक्री तथा व्यवस्थापनका लागि आइसीसीले इसेवालाई नियुक्त गरेको छ ।
विगतमा जस्तै यसपटक पनि सम्पूर्ण टिकट अनलाइनबाटै खरिद गर्न सकिने व्यवस्था मिलाइएको इसेवाले जनाएको छ । https://cricket.esewa.com.np मा लग अन गरि टिकट खरिद गर्न सकिनेछ ।
नेपाल र केन्याबीच आयोजना हुने क्रिकेट प्रतियोगिताको टिकट मूल्य दुई सय रुपैयाँ रहने जानकारी इसेवा नेपालले जनाएको छ। यसअघि नामिबियाविरूद्धको खेलमा पनि टिकट बेच्ने जिम्मेवारी इसेवालाई दिएको थियो। नेपालले फागुन २८ र ३० मा केन्यासँग खेल्दैछ। इसेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले सुरक्षाको दृष्टीकोण र टिकट दूरुपयोग नहोस भनेर हरेक टिकटमा खरिदकर्ताको नाम र सम्पर्क नम्बर अनिवार्य राखिने बताए।