नेपालले पाँच देशीय टि–२० सिरिज खेल्ने (खेलतालिकाससहित)

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना ओमानमा हुन गईरहेको पाँच देश सम्मिलित अन्तर्राष्ट्रिय टि–२० सिरिज खेल्ने भएको छ । आउँदो असोज १८ देखि २३ गते (अक्टोबर ५ देखि १०) सम्म हुने सो सिरिजमा आयोजक ओमान र नेपालसँगै हङकङ, आयरल्याण्ड र नेदरल्याण्डसले सहभागिता जनाउने छन् ।

विकेटनेपालका अनुसार यो सिरिजलाई यहि अक्टुबर ११ तारीखदेखि शुरु हुने आइसीसी टि–२० विश्वकपको ग्लोबल छनौट प्रतियोगिताका रुपमा समेत हेरिएको छ । स्मरण रहो, सो पाँच देशीय प्रतियोगितामा नेपाल बाहेक अन्य चारै टोलीले ग्लोबल छनौट खेल्दैछ ।

यस्तो छ खेलतालिका


प्रतिक्रिया दिनुहोस

Loading...