भारतमा दोश्रो अभ्यास खेलमा नेपालको जित

फागुन १७ /आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्यासँगको खेलअघि अभ्यासको लागि भारतमा रहेको नेपाली टोलीले दोस्रो अभ्यास खेल ८३ रनले जितेको छ ।

भारतको राजवादा क्रिकेट टिमसँगको खेलमा नेपालले टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको थियो । नेपाली टिमको कप्तानी सम्हालेका ज्ञानेन्द्र मल्लले १ सय १५ बलमा ९५ रन बनाए । यस्तै सुनिल धमलाले ७२ बलमा ४४ रन, मेहबुब आलमले २२ बलमा ३० रन, आरिफ शेखले २७ बलमा अविजित २४ रन बनाए ।

नेपालले दिएको २ सय ४८ रनको लक्ष्य पछ्याएको राजवादाले ३७ ओभर ३ बलमा सबै विकेट जाँदा १ सय ६४ रन मात्र बनाउन सक्यो । नेपालका सोमपाल कामी, सागर पुन र सन्दिप लामिछानेले दुई दुई साथै करण केसी र अभिनाश कर्णले एक एक विकेट लिए । अभ्यासको पहिलो खेलमा नेपाली टोली भारत नोयोडाको राजवादा क्रिकेट टोलीसँग ४७ रनले हारेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...