इन्डोर स्कुल क्रिकेट : डिएभीलाई उपाधि

काठमाडौं (खेलदैनिक) । डिएभीले बिहीबार सम्पन्न क्यानवस इन्डोर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बिहिवार भएको बिराटनगर बोडिङ स्कुल बिरुद्धको फाईनल खेलमा टच जितेर पहिलो ब्याटिङ गरेको डिएभीले निर्धारित १० ओभरको खेलमा १ विकेट गुमाउदै १३२ रन बनायो ।

डिएभीका लागि उत्कृष्ट ब्याटिङ गरेका आदित्य रोनियारले ३० बलमा ८० रनको नटआउट पारि खेलेका थिए । बलिङतर्फ बिराट बोडिङका राकेश चौधरीले २ ओभरमा ३० रन खर्चेर १ विकेट हात पारेका थिए ।

डिएभीले दिएको १३३ रनको लक्ष्य पछ्याएको बिराट बोडिङ ६.५ ओभरमै ५६ रनमा समेटिए पछि डिएभीले ७६ रनको जित निकाल्यो । बिराटको ब्याटिङमा अशिम चौधरीले सर्वाधिक १३ रन हानेका थिए ।

डिएभीका सुरज श्रेष्ठले उत्कृष्ट बलिङ गदै २ ओभरमा ७ रन खर्चेर २ विकेट लिदा रिसनमानले २ ओभरमा १५ रन खर्चेर २ विकटनै लिएका थिए । प्लयर अफ द म्याचको उपाधि आदित्यले पाए ।

प्रतियोगितामा अलराउण्ड प्रदर्शन गरेका डिएभीका रिशममान मलेखु म्यान अफ द सिरिज चुनिए । उनले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गदै ५ खेलबाट ९ विकेट लिदा ब्याटिङतर्फ ४९ रन बनाएका थिए ।

प्रतियोगिताको बेष्ट बलरमा वेबिलोनका इसान्त विक चुनिए । उनले ३ खेलमा ५ विकेट लिएका थिए । बेष्ट ब्याट्समानको उपाधि ओम नेश्नल स्कुलका सार्थक धितालले जिते । तीनै जना उत्कृष्ट खेलाडीलाई वाईवाई जिएचसीएले ६ महिनाका लागि निशुल्क तालिमको ब्यवस्था गरेको छ ।

साउन १२ गते सुरुभएको प्रतियोगिताको बिजेता टिम तथा खेलाडीलाई यू–१९ क्रिकेट टिमका मुख्य प्रशिक्षक विनोद दासले पुरस्कृत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...