इन्डोर क्रिकेट : विराट सेमिफाइनलमा

काठमाडौं (खेलदैनिक) । विराट क्यानभास अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । विराटले ओमेगालाई ७ विकेटले पराजित गर्यो ।

त्यस्तै डिएभीएले राजश्री गुरुकुललाई ७ विकेट र नोबेल एकेडेमीलाई ८ विकेट, बेबिलनले आयोजक क्यानभासलाई ७० रन, सेन्ट जेभियर्सले नोबेललाई ८ विकेट तथा विद्याल संस्कारले अक्सिडेन्टललाई १७ रनले हराए ।


प्रतिक्रिया दिनुहोस

Loading...