विश्वकप टि–२० एसिया छनौट शुरु, सिंगापुरको बिजयी शुरुवात

काठमाडौं (खेलदैनिक) । सिंगापुरमा सोमबारदेखि शुरु आइसीसी टि–२० विश्वकपको एसियाली छनौटतर्फ आयोजक टोली सिंगापुरले बिजयी शुरुवात गरेको छ । इण्डियन एसोसिएशन ग्राउण्डमा भएको खेलमा सिंगापुरले कतारलाई ३३ रनले हरायो ।

टस जित्दै पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा २० ओभरमा ७ विकेट गुमाएर १८६ रनको योगफल तयार पारेको थियो । सिंगापुरका लागि ओपनर सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक ४७ रन बनाए भने अर्का ओपनर रोहन रंगराजनले ३२ रनको पारी खेले । त्यस्तै टिम डेभिड र मनप्रित सिंहले पनि क्रश ३८ र ३४ रन बनाए ।

बलिङतर्फ कतारका लागि चार ओभर बलिङ गरेको इकबल हुसैनले ३३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । त्यसैगरी नुमन सरवरले २ विकेट हात पारे भने तमुर सज्जदले १ विकेट आफ्नो नाममा लेखाए ।

उता जवाफी लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो । कतारका लागि कप्तान तमुर सज्जदले सर्वाधिक ३४ रन बनाए भने मोहम्मद रिजलानले ३३ रनको नटआउट पारी खेले । ओपनर फैजल जावेदले पनि २९ रन बनाउँदा मुहम्मद तनविरले पनि २६ रनको योगदान दिए । तर टोलीलाई जित दिलाउन सकेनन् ।

https://twitter.com/T20WorldCup/status/1153179620713390080

बलिङतर्फ कतारका लागि म्यान अफ द म्याच समेत घोषित जनक प्रकाशले ४ ओभर बलिङ गर्दै १५ रन खर्चेर ३ विकेट लिए । अमजद महबुबले पनि ३८ रन खर्चेर ३ विकेट लिए भने विनोत बासकरन, सेलाडोर बिजयकुमार र चेतन सुर्यवंशीले समान १–१ विकेट हात पारे ।

छनौट प्रतियोगितातर्फ सिंगापुर र कतारसँगै, मलेसिया, कुवेत र नेपाल पनि रहेका छन् । नेपालले आफ्नो पहिलो खेल मंगलबार कतारसँग खेल्दैछ । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष टोली यसै बर्षको अक्टोबरदेखि हुने ग्लोबल क्वालियफायरका लागि छनौट हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...