पारसको शानदार पारीमा नेपाललाई सिरिजमा अग्रता

काठमाडौं (खेलदैनिक) । कप्तान पारस खड्काले शानदार ८६ रनको नटआउट पारी खेलेपछि नेपालले मलेसिया विरुद्धको पहिलो टि–२० म्याच ७ विकेटले जितेको छ । किनारामा ओभलमा टस हार्दै पहिले फिल्डिङको निम्तो पाएको नेपालले घरेलु टोलीलाई निर्धारित २० ओभरमा १२८ रन मात्र बनाउन दियो ।

मलेसियाका लागि ओपनर विरनदिप सिंहले सर्वाधिक ५७ रनको पारी खेले भने अहमद नुरले ४५ रन बनाए । बलिङतर्फ नेपालका लागि करन केसीले सर्वाधिक ३ विकेट लिए । कुल ४ ओभर बलिङ गरेका केसीले २७ रन खर्चिए । त्यस्तै सन्दिप लामिछाने र बसन्त रेग्मीले २–२ लिए भने सोमपाल कार्मीले १ विकेट हात पारे ।

उता जवाफी लक्ष्य पछ्याएको नेपालले १८.३ ओभरमा ३ विकेट गुमाउँदै १२९ रन बनाएर जित हात पारेको थियो । नेपालले ओपनर प्रदिप ऐरीलाई व्यक्तिगत ८ रन बनाउँदा गुमाएको थियो । यद्यपि नेपालको पारी सम्हालेका कप्तान खड्काले नटआउट ८६ रन बनाए भने उनलाई नावाद १६ रन बनाएका शरद भेषवाकरले अन्तिम साथ दिए ।

उता बलिङतर्फ मलेसियाका लागि अनवर रहमानले चार ओभर बलिङ गर्दै २० रन खर्चिएर २ विकेट लिए भने मोहम्मद शामले १ विकेट आफ्नो नाममा लेखाए । यो जितसँगै नेपालले दुई म्याचको टि–२० सिरिजमा १–० ले अग्रता बनाएको छ । सिरिज अन्तरगत दोस्रो खेल भोली आइतबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...