भारतमा पहिलो अभ्यास खेलमा नेपाल ४७ रनले पराजित

फागुन १५ – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्यासँगको खेलअघि अभ्यासको लागि भारतमा रहेको नेपाली टोलीले पहिलो खेलमा हार बेहोरेको छ । उप कप्तान ज्ञानेन्द्र मल्लले शतकीय इनिङ खेलेको पहिलो खेलमा ४७ रनले पराजित भएको हो।

अभ्यासको पहिलो खेलमा नेपाली टोलीले भारत नोयोडाको राजवादा क्रिकेट टोलीसँग ४७ रनले हारेको हो । गौतम बुद्ध विश्वविद्यालयको मैदानमा पहिले ब्याटिङ गरेको राजवादाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८१ रन बनायो । २ सय ८२ रनको लक्ष्य पछ्याएको नेपाली टोली ४७ दशमलव १ ओभरमा २ सय ३४ रनमा अलआउट भयो ।

नेपालका ज्ञानेन्द्र मल्लले १ सय २५ बलमा १ सय ४ र र सागर पुनले ४४ बलमा २८ रन साथै बिनोद भण्डारी २२ बलमा २० रन बनाए पनि अन्य खेलाडीले गतिलो रन जोड्न सकेनन् ।


प्रतिक्रिया दिनुहोस

Loading...