
काठमाडौं (खेलदैनिक) । सिंगापुरमा यहि आउँदो जुलाई शुरु हुन गईरहेको आइसीसी टि–२० विश्वकप छनौट (एसिया फाइनल) का लागि नेपालको प्रारम्भिक टोलीको घोषणा गरिएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को प्रतिनिधी अमिनिल इस्लाम, प्रशिक्षक उमेश पटवालको छनौट समितिले कप्तान पारस खड्काको नेतृत्वमा २५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो ।
गत बर्ष मलेसियामा भएको पूर्वी क्षेत्र क्रिकेट च्याम्पियनसिपको उपाधि जितेपछि नेपाल सहित दोस्रो स्थानमा रहेको सिंगापुर र तेस्रो स्थान हासिल गर्ने मलेसिया पनि क्षेत्रीय छनौटमा परेका थिए ।
क्षेत्रीय छनौटमा नेपालले सिंगापुर, कुवेत, कतार र मलेसियासँग खेल्नेछ । क्षेत्रीय छनौटको शिर्ष स्थान हासिल गर्ने टोलीले युएईमा हुने ग्लोबल छनौट खेल्न पाउनेछ ।
यस्तो छ २५ सदस्यीय प्रारम्भिक नेपाली टोली