नेपालले इमर्जिङ नेसन्स कप क्रिकेट खेल्ने, यूएईको सट्टा मलेसियालाई मौका

१३ फागुन । नेपालले एसीसी इमर्जिङ कप खेल्न पाउने भएको छ । एसीसी इमर्जिङ कप मार्च २५ देखि अपि्रल ५ अर्थात चैत १२ देखि २३ सम्म हुनेछ ।

एसीसीको बोर्ड बैठकले एकदिवसीय मान्यता प्राप्त देशलाई मात्र खेलाउने निर्णय गरेपछि नेपाल खेल्न नपाउने अवस्था आएको थियो ।  विश्व क्रिकेट लिग च्याम्पियनसिपको तालिका नजिक पर्ने भन्दै यूएईले नाम फिर्ता लिएपछि एसीसीले एकदिवसीय मान्यता प्राप्त देशलाई मात्र खेलाउने निर्णय लिएको थियो । नेपालले निर्णयमा पुनर्विचार गर्न अपील गरेका थियो ।

चैत १२ देखि बंगलादेशमा हुने यो प्रतियोगितामा भारत र पाकिस्तानसहित ४ टेष्ट देशको यू-२३ वा ए टिमसहित ८ देशले भाग लिनेछन् । हङकङले प्रतियोगिता खेल्ने बचन दिएको छ ।यूएईको सट्टा मलेसियाले खेल्नेछ । मलेसिया क्रिकेट संघका अध्यक्ष महिन्दा भालिपुरमले आफ्नो देशले इमर्जिङ कप खेल्ने पक्का भएको बताएका छन् ।

इमर्जिङ कपको पहिलो संस्करण २०१३ मा भएको थियो र, पाकिस्तानलाई हराउँदै भारतले उपाधि जितेको थियो । तर, त्यसपछि यसले निरन्तरता पाएन । पछिल्लो पटक एसीसी ब्यूँतिएपछि इमर्जिङ कपले पनि निरन्तरता पाउने भएको हो ।


प्रतिक्रिया दिनुहोस

Loading...