एसीसी यु–१९ इष्टर्न रिजन : नेपाल समूह ए मा (खेलतालिकासहित)

काठमाडौं (खेलदैनिक) । एसीसी यु–१९ इष्टर्न रिजन क्रिकेट च्याम्पियनसिपतर्फ नेपाल समूह ए मा परेको छ । मलेसियामा यहि आउँदो जुलाई २ देखि ९ तारीसखम्म हुन गईरहेको प्रतियोगितामा नेपाल, म्यानमार, चीन र सिंगापुरसँगै समूह ए मा परेको हो ।

एसियन क्रिकेट काउन्सील (एसीसी) ले सार्वजनिक गरेको खेलतालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल जुलाई २ तारीखका दिन एसटिसी ओभलमा म्यानमारसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । दोस्रो खेल ५ जुलाईका दिन सिंगापुरसँग खेल्नेछ भने त्यसको भोलीपल्ट समूह चरणको अन्तिम खेल चीनसँग खेल्नेछ ।

प्रत्येक समूहको शिर्ष दुई टोली सेीमफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलका दुवै खेलहरु जुलाई ८ तारीखका दिन हुनेछन् । त्यस्तै समूह बी तर्फ आयोजक मलेसिया, भुटान, हङकङ र थाइल्याण्ड रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...