
काठमाडौं (खेलदैनिक) । बहुप्रतिक्षित मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान सोमबारदेखि सञ्चालनमा आएको छ । तेश्रो प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल प्रहरी र कर्णाली प्रदेशबीचको खेलसंगै मैदान सञ्चालनमा आएको हो ।
खेल सुरुआत गराउने क्रममा प्रदेश सांसद मणिराम फुयालले म्याच कमिसनरलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरे ।