यू–१६ ‘नेक्सस् कप’ क्रिकेट प्रतियोगिता २०७३ हुने

नेपाली क्रिकेटको बिकाशका निमित्त स्कुलस्तर बाटै प्रशिक्षण तथा प्रतियोगितालाई प्रमुख प्राथमिकतामा राखिनु पर्छ भन्ने आबश्यकतालाई महशुस गर्दै काठमाण्डौमा १६ बर्ष मूनिका बिधार्थीको सहभागीता मा “नेक्सस् कप २०७३” सम्पन्न हुने भएकोछ ।

नेक्सस् क्रिकेट एकेडेमी (एन.सी.ए.) को आयोजनामा सम्पन्न हुन गैरहेको “नेक्सस् कप” यू–१६ इन्टर एकेडेमी टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगीता आगामी चैत १५गते देखि बैशाख ५ गते सम्म काठमाण्डौमा हुने कुरा रफत सञ्चार क्लवमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एन.सी.ए का अध्यक्ष भरत कुमार शाहीले बताउनु भयो

शोबिज स्पोर्टस प्रा.लि.को सहकार्यमा हुन लागेको प्रतियोगिता लिग तथा नकआउटको आधारमा संचालन गरिने छ भने सो प्रतियोगिता सर्टिफाइड अप्पायहरुले आईसिसिद्वारा निर्धारित निमयअनुसार खेलहरु संचालन गर्ने कुरा पनि शाहीले बताउनुभयो । हाल देशभर निजी एवं सामुदायिकस्तरबाट सञ्चालित क्रिकेट एकेडेमी तथा क्लवहरुमध्येबाट न्यूनतम ३२ टिमका ४ सय ४८ खेलाडीहरु प्रतियोगितामा सहभागि हुनेछन् ।

प्रतियोगितामा चार पुल बनाई हरेक पुलमा ८ टिमहरु हुने र हरेक टिमले लिंग चरणमा ७÷७ खेलहरु खेल्नेछन् । प्रतियोगितामा यू–१६ का मात्र खेलाडीहरु सहभागि गराउने उद्देश्यले संचालन गरिएकोले सो प्रतियोगितामा उमेर प्रमाणितका लागि कक्षा ८ को जिल्लास्तरीय परिक्षाको प्रमाणपत्र वा लब्धांक पत्रमा उल्लेखित जन्म मिति र बोन टेस्ट रिपोर्टलाई आधार मानिने बताइएकोछ । प्रतियोगितामा सहभागि सम्पूर्ण टिमहरुले प्रति टिम तीस हजार सहभागी शुल्क तिर्नुपर्नेछ । अध्यक्ष शाहीका अनुसार सहभागीलाई आयोजकको तर्फबाट आवासको मात्र ब्यवस्था गरिएको छ । करिब ५८ लाख लागतमा हुने सो प्रतियोगितामा पहिलो हुनेलाई १ लाख ५० हजार नगद सहित बिजेता ट्रफी, दोस्रो हुनेलाई १ लाख रुपैयाँ नगद सहित रनर अफ टर्फी, म्यान अफ द सिरिज लाई रु. २० हजार र मेमेन्टो, इर्मजीङ प्लेअरलाई १५ हजार सहित मेमेन्टो, वेस्ट बलरलाई १० हजार सहित मेमेन्टो, वेस्ट ब्याटसमेनलाई १० हजार सहित मेमेन्टो र म्यान अफ द म्याचलाई मेमेन्टो रहेको आयाोजकले जनाएको छ ।

नेपाली क्रिकेटरलाई तल्लो स्तरको उमेर देखि योग्य बनाउन म्याच एक्सपोजरको अबसर दिनका लागि समय समयमा यस्ता प्रकारका प्रतियोगिताहरु आयोजना हुन जरुरी छ । यस्ता प्रकारका प्रतियोगितामा बालबच्चाहरुको क्रिकेट खेल्ने दक्षताको विकास गर्न सहज हुने र देशभरका क्रिकेट एकेडेमी तथा एकेडेमीका खेलाडीहरु एउटै थलोमा रहेर क्रिकेट खेल्ने उत्तम अबसर मिल्ने कुरा पत्रकार सम्मेलनमा आयोजक समितिका सहसंयोजक विजय कुमार शर्माले बताउनु भयो ।

प्रतियोगिता संचालन समितिको संरक्षक आर वि कुटवाल हुनुहुन्छ भने सात सदस्यीय सल्लाहकार समिति रहेको छ । त्यस्तै अध्यक्ष भरत कुमार शाहीको संयोजकत्वमा ११ सदस्यीय मूल आयोजक समिति बनाइएको छ । त्यस्तै विभिन्न ६ वटा उपसमिति जस्तै प्राविधिक उपसमिति, प्रचार प्रसार उपसमिति, अर्थ ब्यवस्थापन उपसमिति, आवास ब्यवस्थापन उपसमिति, प्रतियोगिता संचालन तथा ब्यवस्थापन उपसमिति र खेलमैदान ब्यबस्थापन उपसमिति गठन गरिएको छ । जसमा संयोजकहरु क्रमशः रबिन्द्र गुप्ता,अरुण देव जोशी,यूवराज गिरी,शामसन जंग थापा,अरुण कुमार अर्याल र अजय पाँडे रहनु भएको जानकााारी गराइएकोछ ।


प्रतिक्रिया दिनुहोस

Loading...