नेपालले इमर्जिङ नेसन्स कप क्रिकेट खेल्न नपाउने

काठमाडौं -एसियन क्रिकेट काउन्सिल (एसिसी) ले एसियाको एसोसिएट राष्ट्रको स्तर वृद्धि गर्न सन् २०१७ मा इमर्जिङ नेसन्स कप क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ ।

नेपाल भने एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने भएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसीप खेलिरहेको नेपालका लागि इमर्जिङ कप एउटा अवसर मानिएको थियो ।

एसीसीको बोर्ड बैठकले एकदिवसीय मान्यता प्राप्त देशलाई मात्र खेलाउने निर्णय गरेपछि नेपाल खेल्न नपाउने भएको छ । प्रतियोगितामा अव भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशका यु २३ टिम र अफगानिस्तानको राष्ट्रिय टोलीबीच मात्र प्रतिस्पर्धा हुनेछ ।

सुरुमा चार टेष्ट नेशनसहित ८ देश खेल्ने तय भएको थियो । हङकङ र युएईले आन्तरिक सेड्युल बिग्रिएका कारण नाम फिर्ता लिए लिएका छन् । अब एसीसी इमर्जिङ कपमा पाँच टोलीको सहभागिता रहनेछ । यसमा भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को सहयोग रहनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...