आइपिएलको ‘इमर्जिङ प्लेयर’को मनोनयनमा सन्दिप

काठमाडौं (खेलदैनिक) । जारी चर्चित इण्डियन प्रिमियर लिग (आइपिएल) टि–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा दिल्ली क्यापिटल्सका लागि खेलिरहेका नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने एक विशेष अवार्डका लागि मनोनयनमा परेका छन् ।

यस सिजनको आइपिएलमा सन्दिप इमर्जिङ प्लेयर अफ द टुर्नामेन्टको मनोनयनमा परेका छन् । मनोनयनमा परेका खेलाडीहरुलाई भोटिङ सिस्टमका आधारमा पनि जिताउन सकिनेछ । अवार्डको विजेता भने आइपिएलको अन्तिममा घोषणा हुनेछ । विजेता खेलाडीले आकर्षक पुरस्कार समेत पाउने छन् ।

इमर्जिङ अवार्डको मनोनयनमा सन्दिपसँगै राजस्थान रोयल्सका जोफ्रा आर्चर र श्रेयस गोपाल, मुम्बई इण्डियन्सका लागि राहुल चाहर र रोयल च्यालैन्जर्स बैंगलोरका मोहम्मद सिराज परेका छन् । यस सिजन दिल्लीका लागि शुरुवाती चार खेल खेल्दै ५ विकेट समेत लिएका सन्दिपले त्यसयता पछिल्ला खेलहरुमा भने खेल्न पाएका छैनन् ।


प्रतिक्रिया दिनुहोस

Loading...