क्रिकेटर महबुब आलम सम्मानित हुने

काठमाडौं (खेलदैनिक) । नेपालका अलराउन्ड क्रिकेटर मेहबुब आलम कर्मयोगी लखनराम अग्रहरि सेवा सम्मानबाट सम्मानित हुने भएका छन् ।

महबूबले सन् २००८ मा आइसीसी विश्व क्रिकट लिग डिभिजन फाइभमा मोजाम्बिकविरुद्धको खेलमा सबै दस विकेट लिएर विश्व कीर्तिमान बनाउने क्रिकेटर बनेका थिए ।

नेपाल खेलकुद पत्रकार मञ्चका संस्थापक अध्यक्ष सीताराम अग्रहरीले अफ्नो पिता लखनराम अग्रहरीको स्मृतिमा लखनराम अग्रहरी र आमा गणपति देवीको स्मृतिमा गणपतिदेवी सेवा सम्मान पुरस्कार स्थापित गरेका हुन् ।

त्यस्तै गणपति देवी सेवा सम्मान वरिष्ठ संगीत साधक गुरुदेव कामतलाई प्रदान गरिनेछ । दुवै सम्मानको पुरस्कार राशि दस हजार दस रुपियाँ रहेको छ । सो सम्मान आगामी वैशाख ७ गते सनसरीको दुहबीमा प्रदान गरिनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...