बीग ब्याश लिग : पहिलो सेमिफाइनलमा आज सन्दिपको स्टार्स र होबर्ट भिड्दै

काठमाडौं (खेलदैनिक) । अष्ट्रेलियाको बिग ब्यास टि–२० लिगमा मेलबर्न स्टार्सबाट खेलिरहेका नेपाली युवा बलर सन्दिप लामिछानेको टोलीले आज पहिलो सेमिफाइनलमा होबर्ट हरीकस्न विरुद्ध खेल्दैछ ।

नेपाली समयअनुसार २:१५ बजे होबर्टको घरेलु मैदानमा हुने आजको खेलमा सन्दिप मेलबर्नको पहिलो रोजाईमा पर्ने लगभग निश्चित छ । क्लबले होबर्ट विरुद्ध खेल्ने १३ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको छ । जसमा महत्वपूर्ण खेलाडीको सूचीमा सन्दिपको नाम पनि छ ।

लिग चरणको अन्तिम खेलमा सिड्नी सिक्सर्सलाई ९४ रनले हराएको खेलमा मेलबर्नका लागि सन्दिपले ३.४ ओभर बलिङ गर्दै ११ रन खर्चेर ३ विकेट लिएका थिए । उता होबर्टले भने आफ्नो अन्तिम खेलमा सिड्नी थन्डर्सलाई ४ विकेटले हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो ।

सन्दिपले बिग ब्यास लिगमा ६ खेलमा ११ विकेट हात पारिसकेका छन् । साथै लिगमा कर्म रन खर्चिएर सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा सन्दिप तेस्रो स्थानमा समेत छन् । सन्दिपले आज पनि आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...