डिपिएल : रुपन्देही च्यालैन्जर्सको रोमाञ्चक साँघुरो जित

धनगढी (खेलदैनिक) । धनगढी प्रिमियर लिगतर्फ रुपन्देही च्यालेन्जर्सले महेन्द्रनगर युनाइटेड विरुद्ध २ रनको साँघुरो जित दर्ता गरेको छ । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जित्दै पहिले ब्याटिङ रोजेको रुपन्देहीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १११ रनको योगफल तयार पारेको थियो ।

रुपन्देहीका लागि सुमित महर्जनले सर्वाधिक २७ रन बनाए भने बिनोद भण्डारीले १९ रनको योगदान दिए । त्यस्तै बिक्रम सोवले १६ रनको नटआउट पारी खेले । बलिङतर्फ महेन्द्रनगरका लागि सिद्धान्त लोहनीले ३ विकेट लिए भने अविनाश बोहरा र सागर ढकालले समान २–२ विकेट हात पारे । त्यस्तै शरद भेषवाकरले १ विकेट हात पारे ।

उता जवाफी लक्ष्य पछ्याएको महेन्द्रनगरले भने निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । महेन्द्रनगरका लागि सुब्रमनियन आनन्द र रोहित कुमार पौडेलले क्रमश २५ र २४ रनको योगदान दिए पनि त्यो प्रर्याप्त बनेन ।

बलिङतर्फ रुपन्देहीका लागि बिक्रम सोवले ३ विकेट लिंदा पुनित मेहराले २ विकेट आफ्नो नाममा लेखाए । त्यस्तै ललित भण्डारी, कृष्ण कार्की र बसन्त रेग्मीले समान १–१ विकेट लिए । खेलमा अलराउण्ड प्रदर्शन गरेका रुपन्देहीका विक्रम सोव म्यान अफ द म्याच घोषित भए ।


प्रतिक्रिया दिनुहोस

Loading...