आइसीसी वरियतामा कप्तान खड्काको छलाङ

काठमाडौं (खेलदैनिक) । हालै युएई विरुद्धको अन्तर्राष्ट्रिय टि–२० सिरिजमा नेपाललाई ऐतिहासिक सफलता दिलाएका कप्तान पारस खड्का आइसीसीको टि–२० अलराउण्डरतर्फको वरियतामा ४० औं स्थानमा पुगेका छन् ।

युएई विरुद्ध नेपाललाई २–१ को टि–२० सिरिज जिताउन महत्वपूर्ण भूमिका खेलेका खड्का आइसीसी टि–२० अलराउण्डरहरुको वरियतामा ३९ औं स्थानमा छन् । त्यसका लागि खड्काले कुल ७६ अंक प्राप्त गरे । यो उनको हालसम्म कै सबैभन्दा उत्कृष्ट वरियता समेत हो ।

त्यस्तै खड्काले आइसीसीको ब्याटिङ वरियतामा पनि पाँच स्थान सुधार गर्दै ९० औं स्थानमा पुगेका छन् । त्यस्तै अन्तर्राष्ट्रिय टि–२० वरियतामा नेपालका सोमपाल कामीले २२ स्थान सुधार गर्दै ४०९ अंकका साथ ७० औं स्थानमा पुगेका छन् । समान अंक बटुलेका नेपालकै बसन्त रेग्मी ७१ औं स्थानमा छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...