नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक टमाटा सम्मानित

कैलाली (खेलदैनिक) । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत बहादुर टमाटा कैलालीमा नगदसहित सम्मानित भएका छन् ।

टिकापुर नगरपालिका, टिकापुर कैलालीले प्रशिक्षक टमाटालाई बिहीबार एक कार्यक्रमका बीच नगद ५१ हजार, सम्मानपत्र र दोसल्लासहित सम्मानित गरेको हो ।

स्मरणीय छ, प्रशिक्षक टमाटा कै प्रशिक्षकीय जिम्मेवारीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले भर्खरै युएईमा सम्पन्न युएई विरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय र टि–२० सिरिज समान २–१ ले जितेको थियो । अन्तर्राष्ट्रिय एकदिवसीय र टि–२० क्रिकेटमा नेपालको त्यो पहिलो ऐतिहासिक सिरिज समेत थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...