पोखरा कप : थ्रीस्टारलाई स्तब्ध पार्दै एपिएफ सेमिफाइनलमा

पोखरा (खेलदैनिक) । दावेदार रुस्लान थ्रीस्टार क्लबलाई स्तब्ध पार्दै सशस्त्र प्रहरीको एपिएफ क्लब जारी मनकामना केबलकार पोखरा कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आइतबार भएको क्वाटरफाइनल खेलमा एपिएफले थ्रीस्टारलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले स्तब्ध पार्यो । एपिएफको जितमा खेल शुरु भएको पहिलो मिनटमै सन्तोष श्रेष्ठले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।

https://twitter.com/Goal_Nepal/status/1092017751487537153

खेलमा एपिएफका डिफेन्डर रमेश दंगल म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत सोमबारको खेल त्रिभुवन आर्मी क्लब र अफ्रिकी टोली दाफिन्स एफसी, क्यामरुनबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...