नेपाललाई १०८ रनको लक्ष्य

काठमाडौं (खेलदेनिक) । युएई विरुद्धको दोस्रो अन्तर्राष्ट्रिय टि–२० म्याचमा नेपालले १०८ रनको लक्ष्य पाएको छ ।

शुक्रबार आइसीसी एकेडेमी ग्राउण्डमा टस हार्दै पहिले फिल्डिङको निम्तो पाएको नेपालले कसिलो बलिङ गर्दै घरेलु टोलीलाई १९.२ ओभरमा १०७ रनमै अलआउट गर्यो ।

युएईका लागि चुन्दनगापोईद रिजवानले सर्वाधिक ४४ रनको योगदान दिए । बलिङतर्फ नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए भने सोमपाल कामी, सन्दिम लामिछाने र करन केसीले २–२ विकेट हात पारे । नेपालले केहीबेरमा जवाफी ब्याटिङ शुरु गर्ने ।


प्रतिक्रिया दिनुहोस

Loading...