नेपाल र पाकिस्तानबीचको दोस्रो खेलमा बर्षा बाधक

नेपाली नेत्रहिन महिला क्रिकेट टोली । (तस्विर : पाकिस्तान क्रिकेट)

काठमाडौं (खेलदैनिक) । अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज अन्तर्गत नेपाल र पाकिस्तान महिला टोलीबीचको दोस्रो खेल वर्षाको कारण रद्ध भएको छ ।

दोस्रो खोल बिहीबार फैसलावाद स्थित एकवाल स्टेडियममा हुने तय भएपनि निरन्तर वर्षाका कारण खेल हुन नसकेको हो । अम्पायर र म्याच रेफ्रीले स्थानिय समयअनुसार साढे ११ बजे स्टेडियमको निरिक्षण गरेपछि खेल रद्ध गर्ने निर्णय गरेका थिए । निरन्तरको वर्षाका कारण टस समेत हुन सकेन ।

यसअघि लाहोरमा भएको पहिलो खेल नेपालले १० विकेटले जितेको थियो । तेस्रो खेल फैसलावादमै शुक्रवार हुने कार्यक्रम छ । त्यसपछि नेपाली टोली शनिवार इस्लामावाद जानेछ । इस्लामावादमा आइतवार र सोमवार चौथो र पाँचौ खेल हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...