नेपाल र युएईबीचको पहिलो टि–२० आज

काठमाडौं (खेलदैनिक) । युएई भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज घरेलु टोली विरुद्ध पहिलो अन्तर्राष्ट्रिय टि–२० म्याच खेल्दैछ । दुबई स्थित आइसीसी एकेडेमी ग्राउण्डमा हुने आजको खेल यी दुवै टोलीबीचको अन्तर्राष्ट्रिय टि–२० म्याचमा पहिलो भेट समेत हुनेछ ।

यसअघि नेपालले तीन म्याचको एकदिवसीय सिरिज २–१ ले आफ्नो कब्जामा पारी सकेको छ । त्यस्तै आजदेखि शुरु हुन गईरहेको तीन म्याचको टि–२० सिरिजमाथि पनि नेपालले कब्जा जमाउने योजनामा छ । युएई विरुद्ध तेस्रो एकदिवसीयमा ब्याटिङ र बलिङ दुवैमा सन्तुलित देखिएको नेपालले त्यहि लयलाई आज पनि निरन्तरता दिने योजनामा समेत हुनेछ ।

उता युएईका मुख्य खेलाडी रोहन मुस्तफा टोलीमा छैनन् । यद्यपि आक्रमक ब्याट्सम्यान शाइमन अनवर र मोहम्मद नाविक नेपालका लागि समस्या भईदिन सक्छन् ।

त्यसै गरी अन्तिम एकविदसीयमा युएई विरुद्ध शानदार शतकीय पारी खेलेका कप्तान पारस खड्कामाथि पनि आज धेरैको नजर हुनेछ । त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दिप लामिछाने पनि नेपालका लागि मुख्य हतियार हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...