पारस, ज्ञानेन्द्र र शरद रुस्लानको ब्रान्ड एम्बेसडर

काठमाडौं (खेलदैनिक) । नेपालको सर्वाधिक लोकप्रिय व्राण्ड रुस्लानले नेपाली क्रिकेटका चर्चित अनुहारहरु पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेष्वाकरलाई आफ्नो ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । रुस्लान प्राथमिक तहको क्रिकेट विकासमा केन्द्रित रही समग्र देशको क्रिकेट विकास र प्रचारमा योगदान पुग्ने गरी एक बर्षका लागि सो सम्झौता गरेको बताएको छ ।

साथै खेल क्षेत्रमा लगानी गर्दै आईरहेको रुस्लानले नेपाली क्रिकेटका तीन स्टारहरु पारस, ज्ञानेन्द्र र शरदसँग जोडिन पाएकोमा खुशी व्यक्त गरेको छ । कार्यक्रममा बोल्दै जावलाखेल ग्रुप अफ इण्डस्ट्रिसका प्रबन्ध निर्देशक राजबहादुर शाहले खेलकुद क्षेत्रमा ठुलो योगदान दिइ नेपाललाई विश्व सामु चिनाउन सफल यी क्रिकेटरहरुले देशको क्रिकेट विकासमा ठुलो भूमिका निर्वाह गर्ने बिश्वास व्यक्त गरे ।

त्यस्तै सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा जावलाखेल ग्रुप अफ इण्डस्ट्रिसका कार्यकारी निर्देशक शुशिन जोशीले फुटबल र क्रिकेटसँग रुस्लानले लामो समयदेखि सहकार्य गर्दै आएको बताउँदै उनले आगामी दिनहरुमा पनि यी खेलहरुको विकासमा थप सहयोग र समर्थनलाई निरन्तरता दिने समेत बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...