वुमन टि–२० स्म्याश : नेपाली महिला क्रिकेट टोली फाइनलमा पराजित

काठमाडौं (खेलदैनिक) । थाइल्याण्डमा सम्पन्न वुमन टि–२० स्म्याश क्रिकेट प्रतियोगिताको फाइनलमा लज्जाजनक रुपमा पराजित हुँदै नेपाल उपविजेता बनेको छ । शनिबार सम्पन्न फाइनल खेलमा नेपालले आयोजक थाइल्याण्डसँग् ७० रनको हार बेहोर्दै उपविजेतामा चित्त बुझाउनपर्यो ।

खेलमा टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारित २० ओभरमा १ विकेट गुमाएर १२१ रन बनाएको थियो । घरेलु टोलीका लागि ओपनर नथकन छन्थमले नटआउट ६९ रन बनाईन् भने नरुमल चाईवाईले २७ रनको योगदान दिईन् ।

उता जवाफी लक्ष्य पछ्याएको नेपाल भने १७.२ ओभर खेल्दै केवल ५१ रनमा अलआउट हुन पुग्यो । नेपालका लागि नेरी थापाले १७ रन बनाउनु बाहेक अन्य कसैले गतिलो योगदान दिन सकेनन् ।


प्रतिक्रिया दिनुहोस

Loading...